रोटरी क्लब अफ दमौलीको २३औं पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच रोटरी क्लब अफ दमौलीका वर्ष २०२२/०२३ का अध्यक्ष रामलाल श्रेष्ठले वर्ष २०२३/०२४ का अध्यक्ष रमेशकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वर्ष २०२३/०२४का पदाधिकारी तथा डाइरेक्टरलाई सपथ ग्रहण गराइएको छ।
अध्यक्ष श्रेष्ठलाई असिस्टेन्ट गभर्नर ईश्वर प्रसाद कर्माचार्यले सपथ गराएका थिए भने अन्य पदाधिकारीलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनि बिनोद कोइरालाले विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले नेतृत्व गर्ने संस्था भएकाले रोटरीले समाजमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले समयको माग अनुसारका कार्यक्रमहरु ल्याउन सक्नुपर्ने बताए । अहिले समाजमा मानसिक स्वास्थ, वातावरणीय प्रदुषण जस्ता विषय ठुला चुनौतीको रुपमा देखिएकाले त्यस्ता समस्या न्यूनीकरण र नियन्त्रणमा रोटरीले योगदान गर्न सक्नुपर्ने उनको भनाइ थियोे ।
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले रोटरी क्लव अफ दमौलीले यस बर्ष अगाडि सारेका योजनाको जानकारी दिँदै ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर, वातावरणीय सरसफाई,शिक्षा लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने जानकारी दिए । साथै आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।

सोही अवसरमा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब दमौलीका पुर्व अध्यक्ष तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेल, जोन १५का असिस्टेन्ट गभर्नर ईश्वरप्रसाद कर्माचार्य, रिजन ४की ट्रेनिङ कोऑर्डिनेटर लक्ष्मी थापा गिरी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ,रोटरी क्लब अफ गोरखाका अध्यक्ष ज्ञानहरी अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लबकी प्रेसिडेन्ट नोमिनि बिणा कैनीले स्वागत गरेकी थिइन भने, प्रेसिडेन्ट इलेक्ट जीवनकुमार श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम क्लबका पुर्व अध्यक्ष दामोदर भण्डारीले संचालन गरेका थिए । सोही अवसरमा रोटरी क्लब अफ दमौलीको नियमित प्रकाशन रोटरी कोसेलीको विमोचन गरिएको थियो ।
