एलायन्स क्लव अफ तनहुँको आयोजनामा बाईक रेश प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ ।दमाैलीकाे अन्सन चाैतरीमा भएकाे प्रतियाेगितामा रजिन पाैडेल प्रथम इश्वर श्रेष्ठ द्वितीय अादेश श्रेष्ठ तृतीय हुनुभएकाे छ ।विजेता प्रतियाेगिले क्रमश ११ हजार ९ सय ९९ ,५ हजार ९ सय ९९,२ हजार ४ सय ९९ पुरस्कार प्रप्त गर्नभएकाे छ । प्रतियाेगितामा तिव्र गतिले सवारी साधन चलाउदा दुर्घटना बढ्ने भएकाले सचेतना गर्ने उदेश्यले कार्यक्रम गरिएकाे क्लवका अध्यक्ष अजित पन्थले जनाकारी दिनुभयाे। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले प्रमुख अतिथि रहनुभएकाे थियाे । उक्त कार्यक्रममा व्यास २ का वडा सदस्य सुरेश वाग्ले ,वडा नं ४ का वडा सदस्य सराेज भण्डारी ,क्लवका प्रतिनिधि र स्थानीयहरूकाे उपस्थित रहेकाे थियाे ।
