बालबलिकाहरुको प्रतिभा प्रस्पोटन गर्ने उद्देश्यले जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ्ग स्टारको नवौं संस्करणको अडिसन आज र भोली हुदै छ । अडिसन व्यास–४ स्थित दमौली कलेजको प्रांगणमा हुने अध्यक्ष राजु रानाले जनाकारी दिनुभयो । उक्त अडिसनको लागि १०/१५ बर्ष सम्मका बालबालिका सहभागी गराईने रानाले बताउनु भयो । व्यास नगर साइनिङ्ग स्टार २०२२को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै गरि फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार,२३ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष नेत्र सुनारले जनाकारी दिनुभयो । सुनारले भन्नुभयो“प्रतियोगितामा बेस्ट अनुशासन, बेस्ट पर्सनालिटी, बेस्ट ट्यालेन्ट, बेस्ट फोटोजेनिक, बेस्ट स्माईल, बेस्ट वाल्क, बेस्ट डे«स, बेस्ट भ्युवर च्वाईस बेस्ट कन्ट्रिव्युसन र बेस्ट प्रोजेक्ट वर्क,गरी १० वटा विधागत अवार्डहरु रहेको छ ”। अडिसनबाट छनोट हुने २०जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने आयोजकले जनाएको छ । जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।