तनहुँको भानु नगरपालिका स्थित आदिकवि भानुभक्त आचार्यको जन्मस्थल रामायण घरमा खानेपानीको सुविधा भएको छ। सोमबार भानु नगरपालिका, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भानुको जन्मस्थल रामायण घरमा खानेपानी सुविधा भएको हो । रामायण घरमा खानेपानी नहुँदा गाउँबाट करिब ३ किलोमिटर टाढाबाट पानी बोकेर लैजानुपर्ने बाध्यता हटेको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । नगरप्रमुख त्रिपाठीले भनुभयो, ‘साहित्यिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भानु जन्मस्थलमा खानेपानीको सुविधासँगै पर्यटकको चहलपहल थप बढ्ने विश्वास गरेका छौ ’। उक्त रामायण घरमा पर्यटकको चहलपहल गराउने समेत उद्देश्यले खानेपानी व्यवस्थापन गरिएको स्थानियहरु बताउछन् ।
