लामो समय सम्म फोहोर रहेको ऋषिङ्ग गाउँपालिका वडा नं ८ स्थित ऐतिहासिक रानीपोखरीको सफा गरि मुहार फेरिएको छ । मंगलबार गाउँपालिकाका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थनीय बासिन्दाहरुले संयुक्त रुपमा सरसफाई गरेका हुन् । केही समय अधि उक्त रानीपोखरी फोहोर भएको भन्दै समाजिक संञ्चालमा निकै आलोचना भएको थियो । रानीपोखरीको पुनःनिर्माण तथा स्तर उन्नतिका लागि लाखौं रकम गाउँपालिकाले छुट्याएको ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । साथै यस वर्ष गण्डकी प्रदेश सरकारले रानीपोखरी संरक्षण शीर्षकमा १० लाख तथा अजम्बरी रानीपोखरी संरक्षण योजनामा १० लाख गरि दुई शीर्षकमा २० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको श्रेष्ठले बताउनुभयो ।विक्रम संवत् १६१० तिर पाल्पाका राजा मुकुन्द सेनका भतिज शमशेनले ऋषिङ्गमा राज्य संचालन गरेका थिए । सो समयमा ऋषिङ्गको गडि डाँडामा दरबार बनाई राज्य सञ्चालन गरेको इतिहासमा उल्लेख छ । सोही समयमा उनले आफ्नी रानीका लागि नुहाउनका लागि रानीपोखरीको निर्माण गरेका थिए ।
