तनहूँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारको लागि आँबुखैरेनी गाउँपालिकामा रहेका विभिन्न सहकारी संस्थाहरुले आर्थिक सहयोग गरेका छन् । आवुँखैरेनी गाउँपालिकाको शिक्षा कोषमा मनकामना माई बहुउद्देश्य सहकारी संस्था लि ले १ लाख ६० हजार ,सगुन वचत तथा ऋण सहकारी संस्था लि ले १लाख १ हजार रुपैयाँ ,सुर्योदय वचत तथा ऋण सहकारी संस्था लिले ५० हजार र एकता वचत तथा ऋण सहकारी संस्था लि ले १ लाख १६७ रुपैयाँ सहयोग गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि सहयोग गर्ने सम्पुर्ण सहकारी संघ संस्थालाई गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले धन्यवाद दिनुभएको छ । गाँउपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राविधिक सिप आकर्षित गर्न पढ्दै कमाउँदै र रमाउँदै कार्यक्रम सन्चालन गरेको छ ।त्यसैगरि आवुँखैरेनी गाउँपालिकाले यस यस शैक्षिक सत्रदेखी कक्षा ६ का छात्रछात्राको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ लाइ कटौती गरि कक्षा ५ सम्मलाइ मात्र उपलब्ध गराउने निर्णय गरेकोमा आबुँखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जनाकारी दिनुभयो ।
