बैन्ककमा भएको टेय्लोर्स युनिभर्सिटिको आयोजनामा रहेको अन्तर्राष्ट्रिय बिद्यालय अवाड काठमाडौंको लिटिल आईन्स्टाईन सुन्दर इस्कुललाई प्राप्त भएको छ । उत कार्यक्रममा
प्रिन्सिपल  डा. श्याम सुन्दर चौधरीले ‘बेस्ट स्कुलको रुपमा अवार्ड’ का लागि बैन्कक गएका थिए। बिगत ३१ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहेका चौधरीले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।अनुजा मिडियाद्वारा आयोजित एडुकेशन एक्सिलेन्स अवार्ड समेत प्राप्त गरी सकेका चौधरीले फेरि अर्को अवार्ड पाउन सफल भएका हुन्। शैक्षिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै बेस्ट  स्कुल अवार्ड साथै उत्कृस्त बिद्यालयको रुपमा प्रदान गरेको हो।