तनहुँको बन्दिपुर गाउॅपालिका –२ मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । सोमबार रिस्ती विकास समाज तनहुँको समन्वयमा र स्थानिय समाजसेवी एवं कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको स्थानिय प्रबिना गुरूङले बताउनुभयो । संयुक्त राज्य अमेरिकामा रहनुभएका विनोद थापा ,तपस भट्टराई , कुवेतमा रहनुभएका राजेन्द्र बिराई ,काठमाण्डौंमा रहनुभएकी पूर्णिमा आले र तनहुँका कांग्रेसका नेता एबं ब्यबसायी पुरुषोत्तम खनालले आर्थिक सहयोग गर्नुभएको हो ।
नौमती बाजा हस्तान्तरण गदैं प्रोफेसनल मिडिया ग्रुप एवं रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले बन्दिपुर २ का स्थानियलाई जिविकोपार्जन र स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले नौमती बाजा बितरण गरिएको बताउनुभयो । मुकेन्देश्वरी आमा समुहकी अध्यक्ष शोभा गुरूङले बाजा ग्रहण पछि खुशी ब्यक्त गर्दै रिस्ती विकास समाजलाई समन्वय गरेकोमा धन्यवाद दिनुभयो ।स्थानिय समाजसेवी एबं कांग्रेसका नेता रेशम गुरूङले सामाजिक कार्यमा सधै झै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको पहल गर्ने प्रतिबद्दता जनाउनुभयो ।