तनहुँको बन्दीपुर २, बन्दीपुर बजारमा शैक्षिक सत्र २०८०।०८१ को लागी स्वास्थ्य क्षेत्रको एचए प्राविधिक कार्यक्रम अन्तर्गत भर्ना खुलेको छ । सिटिइभिटिइ बाट मान्यता प्राप्त शैक्षिक संस्था बन्दीपुर टेक्निकल इन्स्टिच्युट मा ३ बर्षे डिप्लोमा जनरल मेडिसन (एचए) पढाईको लागी भर्ना खुलेको हो । ४० सिट रहेको यो प्रतिष्ठानमा समयमै सिट सुरक्षित गर्न बन्दीपुर टेक्निकल इन्स्टिच्युटले आग्रह गरेको छ । जसमा ४ जना बिद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।
स्वास्थ्य क्षेत्रको प्राविधिक विषय अध्ययन गरेमा विदेशिनु नपर्ने र स्वदेशमै सहजै रोजगार पाइने टेक्निकल इन्स्टिच्युटका प्रशासन प्रमुख चक्र भडारीले बताए । विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धि प्राविधिक शिक्षा आर्जन गरेमा कोही पनि बेरोजगार बस्न नपर्ने प्रशासन प्रमुख भडारी बताउँछन् ।
के हो एचए तीन वर्षे कार्यक्रम
सामान्य चिकित्सामा प्रवीणता प्रमाणपत्र तह ९स्वास्थ्य सहायक० कार्यक्रम सि.टि.ई.भी.टी. सँग सम्बद्ध तीन वर्षे शैक्षिक पाठ्यक्रम हो जसले ग्रामीण समुदायलाई स्वास्थ्य सेवामा सहयोग गर्न सक्ने स्वास्थ्यकर्मीहरु उपलब्ध गराउने लक्ष्य राख्दछ ।
जनरल मेडिसिन ग्रेजुएटले क्यारियर लक्ष्यहरू र परिष्कृत क्लिनिकल योग्यताहरू स्थापित गरेकोले थप अवसर प्राप्त गर्न सक्छन् । जसले स्वास्थ्कर्मीहरुको शैक्षिक क्षमताहरूलाई चुनौती दिन उनीहरूको व्यावसायिक छविलाई मजबुत बनाउँछ ।
पाठ्यक्रमको अवधि ३ वर्ष रहेको हुन्छ भने यसको अध्ययनको लागि योग्यता एस।एल।सी। वा एस।ई।ई।मा अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा २ जि।पि।ए। ल्याई न्यूनतम सी ग्रेड उत्तीर्ण, वा सि।टि।ई।भी।टी। द्वारा लिइएको प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ ।
एचएको उद्देश्यहरु
सामान्य चिकित्सा कार्यक्रमको उद्देश्य देशको लागि आवश्यक उच्च गुणस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्न स्वास्थ्यकर्मीहरूमा सक्षम र उन्नत ज्ञान र व्यावहारिक सीपहरू उत्पादन गर्नु हो । सामुदायिक स्वास्थ्य समस्याहरू पहिचान र समाधान गर्न योग्यता प्रदान गर्ने । बिरामीहरूको प्राथमिक स्वास्थ्य समस्याहरूको निदान र व्यवस्थापन गर्न आवश्यक आधारभूत ज्ञान र क्लिनिकल सीपहरू प्रदान गर्ने । स्वास्थ्य पोस्ट प्रबन्धकको भूमिकामा आवश्यक नेतृत्व कौशल र व्यावसायिक विशेषताहरू र मनोवृत्ति प्रदान गर्ने । विभिन्न स्वास्थ्य सेवाका काम गर्न आवश्यक ज्ञान र सीपहरू प्रदान गर्ने लगायतका रहेका छन् ।
फारम यहाँ क्लिक गरी फारम भर्न सकिनेछ इन्स्टिच्युटले जनाएको छ ।