लियो क्लब अफ तनहुँको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । अन्सनचौतारीमा भएकाे कार्यक्रममा नेपाल रेडक्रस जिल्ला कार्य समिती तनहुँले प्राबिधिक सहयोग गरेको थियो।कार्यक्रममा ३० पिन्ट रगत संकलन भएकाे क्लबका सचिब मुकेश बिडारी बताउनुभयो ।उक्त कार्यक्रमको अध्यक्षता लियो कल्ब अफ तनहुँका अध्यक्ष बसन्ती थापाले गर्नु भयको थियो भने प्रमुख आतिथ्यता व्यास नगरपालिका ३ का वडा अध्यक्ष अनुप राना रहनुभएकाे थियो। कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ एल नेपालका AOG लायन सरोज भण्डारी , AOG MJF लायन कृष्ण मुरारी मिश्र , रिजन कोर्डिनेटर लायन कृष्णहरि गैर्हे लगायत दमौलीमा रहेका विभिन्न क्लबहरुको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
