ट्राफिक प्रहरी कार्यालय तनहुँले भ्वाइलेसन रेकर्ड स्स्टिम लागु गरेको छ । ट्राफिक नियम पालन नगर्ने सवारी साधनका चालकले बैकिङ प्रणालीबाट राजस्व बुझाउनुपर्ने भएको हो । साउन १ गते बाट सो नियम लागु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताउनुभयो । नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवाना बापतको राजश्वलाई राष्ट्रिय वाणिज्य बैंकको शाखामा जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको विष्टले जनाकारी दिनुभयो । गण्डकी प्रदेशका तीन जिल्ला अन्तरगत कास्की, तनहुँ र नवलपुर जिल्लामा बैंकबाट भुक्तानी सुरु गरिएको कार्यलयले जनाएको छ । कार्यलयले जरिवानामा परेका सवरी साधनका चालक र सहचालकलाई सचेतना कार्यक्रम समेत गर्दै आएको छ ।
