गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसि) कतारको २०२३–२०२५ कार्यकालको अध्यक्षको लागि तनहुँका पदम गिरीले उम्मेदबारी घोषणा गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–५ रुपटार निवासी गिरीले एनआरएनए एनसिसि कतारको आगामी निर्वाचनको लागि अध्यक्षमा उम्मेदबारी घोषणा गरेका हुन् ।


बिगत १४ वर्ष देखि कतारमा बस्दै आएका गिरी सुरुदेखी नै गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पदमा रहेर काम गर्दै आएका थिए । उनी गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको २०१९–२०२१ र २०२१–२०२३ दुई कार्यकाल महासचिव समेत रहेका थिए । साथै तनहुँ जिल्लाबाट गैरआवासिय नेपालीसंघ कतारका लागि आसन्न २३र२५ कार्यकालको लागि उमेदवार घोषणा गर्ने विभिन्न पदका प्रत्याशीहरु … ।





