तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादी पेट्रोल पम्म स्थित बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्ला धादिङ साबिक सेमजोङ गा बि स वडा नं ३ हाल कायम नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ बस्ने २७ बर्षय सागर तामाङ रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जनाकारी दिनुभयो । मुग्लिङबाट डुम्रे तर्फ जान आउदै गरेको ग २ ख १२३५ न को बस र सोही दिशाबाट आउदै गरेको बा प्र ०२(०१५ प ६२३६ नको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकल पछाडी सवार जिल्ला धादिङ नेत्रवती डबजोङ गाउँपालिका वडा नं २ बस्ने २७ बर्षय सुरेन तामाङ घाईते भएकोमा निज घाईतेको आबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको खाणले बताउनुभयो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।