तनहुँको भिमाद नगरपालिकाले आफ्नो पालिकामा स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीलाई उपचारमा मद्दत गर्ने निर्णय गरेको छ । पालिकाले मानसिक रोगी पाँच जना परिवारको स्वास्थ्य बीमाको खर्च र औषधी एक लाख ५० हजार विनियोजन गरिएको हो । मानसिक रोगीलाई हेलाको दृष्टिकोणले हेर्ने र उपचार पनि महँगो भएकोेले सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख दधिराज सुवेदीले बताउनुभयो । हरेक नगरिकले पाउनु पर्ने स्वास्थ्य सुविधाबाट कोही पनि बन्चित हुननपरोस् भन्ने उद्देश्य यस्ता कार्यक्रम ल्याएको पलिकाले जनाएको छ । साथै मानसिक रोगीलाई सहयोग पुर्‍याउन यही जेठ २७ गते विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविरको आयोजना गरिएको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो । अहिले भिमाद नगरपलिकामा ३५ जना मानसिक रोगी छन् ।