दुलेगौँडा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आईतबार तनहुँ शुक्लागण्डकी नगरपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । ‘हाम्रो दलित समाज’ शुक्लागण्डकी नगरपालिकाको आयोजनामा विद्यमान रक्तअभावलाई पूर्ति गर्नुका साथै समाजमा हुने विभेदलाई अन्त्य गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका संयोजक भरत लामगादेले जानकारी दिए । कार्यक्रम मार्फत समाजका सवै वर्ग र समुदायको एकतालाई मजबुत बनाउन प्रयास गरिने लामगातेले बताए । विहान ७ बजेदेखि बन्केवा चोकमा आयोजना हुने कार्यक्रममा सहभाति हुनुका साथै रक्तदान गर्न समेत उनले अपिल गरेका छन् । नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रम मार्फत एक सय पिन्ट बढी रगत संकलन गर्ने लक्ष्य समाजले लिएको छ । पृथक कार्यक्रमहरु मार्फत समाजमा देखिने कुरितीहरुलाई हटाउन सवैको पहल हुनुपर्ने भन्दै कार्यक्रमले सकरात्मक सन्देश दिनेमा विस्वस्त रहेको कार्यक्रम संयोजक प्रकाश विकले बताए । जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सरकारले विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै दलित mसमुदायले ¥याली र जुलुस लगायतका कार्यक्रम गरेपनि प्रभावकारिता नभएकाले रक्तदान कार्यक्रम आयोजना
गरेको समाजले जनाएको छ ।