गत आइतबार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तनहुँमा एक युवकको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही वडाका २५ बर्षीय प्रेम बहादुर कुमाल, २८ बर्षीय सन्तोष थापा र म्याग्दे–३ पसले निवासी २६ बर्षका शुसन राना बिरुद्व मुद्वा दर्ता गरेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । तीनै जना युवकलाई गत आइतबार नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसुरमा मुद्वा दर्ता गरिएको हो । तनहुँ जिल्ला अदालतमा उपस्थित गराई दश दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।