१६ औं गणतन्त्र दिवसको अवसरमा स्वतन्त्र विधार्थी युनियन, आदिकवी भानुभक्त क्याम्पसको आयोजनामा जिल्ला रेडक्रस तनहुँको सह आयोजनामा र जिल्ला रेडक्रस कास्कीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रम मंलबार सम्पन भएको छ । उक्त रक्तदान कार्यक्रमा ५१ पिन्ट रगत सङ्कलन भएको स्व वि यू अध्यक्ष गौरब पन्थ जनाकारी दिनुभयो । कार्यक्रमा प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले रगतको महत्त्व अति नै हुने हुँदा धेरैको ज्यान जोगाउन सहयोग हुने बताउनुभयो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल ,क्यम्पस सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठ,अख्तियार आयोग प्रमुख सुरेश कुमार तिवारी ,नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खले,क्याम्पस प्रमुख महाप्रसाद हड्खले,पब्लिक क्याम्पस प्राध्यापक सङ्घ आदिकवि क्याम्पस इकाइका अध्यक्ष विजयराज खनाल लगाएको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन स्व वि यु सचिव अनुप आले मगरले गर्नुभएको थियो ।