भानु नगरपालिका–८बलिफाँट निवासी ३५ बर्षीय सुक बहादुर नेपाली मस्र्याङ्दी नदीले बगाउँदा बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो बेपत्ता भएका नेपालीको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक मोहन बहादु खाणले जनाकारी दिनुभयो । सतदेवी मन्दिर निमार्णको लागि श्रमदान गर्न जान्छु भनि घरबाट निस्किएको नेपाली मस्र्याङ्दी नदी किनारामा पौडी खेल्ने क्रममा बगाएको हो । प्रहरी चौकी पुर्कोट, ईलाका प्रहरी कार्यालय भानु,मनकामना गण भानुबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिस लगायतका टोलीले खोजतलास गरेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
