तनहुँमा जंगलबाट ल्याएको च्याउ खाँदा बिहीबार एकै घरका तीन जना बिरामी भएका छन् । व्यास नगरपालिका–५ चिन्तुटार निवासी ७२ बर्षीय सुक बहादुर गुरुङ्ग,६० बर्षीय मिना माया तामाङ्ग र ३२ बर्षीय थमन गुरुङ्ग बिरामी परेका हुन् ।
तीन जनामध्ये ७२ बर्षीय सुक बहादुर गुरुङ्गको दमौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । । बिरामी अन्य दुई जनाको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।