तनहुँको व्यास नगरपालिका–१३ पाेखरीभन्ज्यङमा सुमन सचिन पोल्ट्री फार्ममा रहेको बोरिङ्ग इनारभित्र सफा गर्न जाँदा एक युवककाे मुत्यु भएकाे छ । मुत्यु हुनेमा ऋषिङ्ग गाउँपालिका–७ निवासी २७ बर्षीय बिपिन भन्ने छत्र बहादुर आलेको बोरिङ्गभित्र जाँदा अक्सिजनको मात्रा नपुगेर मृत्यु भएकाे तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिनुभयो । युवकको उद्वार गरी दमौली अस्पतालमा पुराए पछि चिकित्सकले मृत घोषणा गरेको थियाे ।डोरीको सहायताले इनार सफा गर्न जाँदा निस्सासिएर बेहोश भएपछि स्थानीयबासीले तत्काल प्रहरीमा खबर गरेका थिए ।नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थल पुगेर युवाकाे उद्वार गरिएकाे प्रहरीले जनाएकाे छ । युवाकाे शव अाईताबार परिवारले बुझेका छन्।
