मजदुर दिवसकाे दिन काम गर्दागर्दै एक मजदुरकाे मृत्यु भएकाे छ । तनहुँ जिल्ला देवघाट गाउँपालिका वडा नं. ३ छिपछिपे स्थायी घर भएका अन्दाजी ३२ बर्षिय भिम बहादुर गुरुङ काम गर्ने क्रममा पर्खालले च्यापिएर मृत्यु भएकाे हाे । तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. ४ बाघबजार स्थितमा रहेको दमौली पार्टी प्यालेसको पर्खाल भत्काउदै गरेकाे अवस्थामा सोही पर्खालले च्यापिएर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । गुरुङकाे टाउकाको भागमा चोट लागी गम्भिर घाईते भएको र उपचारको क्रममा दमौली अस्पतालमा आजै ११:१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जाकारी दिएकाे छ । उक्त घटनाकाे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयाे ।