तनहुँको ऋषिङ्ग गाउँपालिका–७ बाजगरा निवासी ५३ बर्षीय कृष्णकुमार थापाको भीरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डि भयर सामुदायिक बनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा थापाको मृत्यु भएको हो । भीरबाट लडेर थापाको मृत्यु भएको जानकारी पाएको प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर शब सुरक्षित तरिकाले बाहिर निकाल्न सफल भएको छ । साढे तीन घण्टाको निरन्तर प्रयास पश्चात प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा मृतक थापाको शबलाई सुरक्षित साथ भीरबाट करिब दुई सय मिटर तल समथर भुभागमा निकालेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । भीरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिई गएको संयुक्त टोलीले सुरक्षित साथ शवलाई भीरबाट बाहिर निकाल्न सफल भएको हो । घट्नास्थलको मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टमको लागि शव दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।