तनहुँको विभिन्न ठाँउबाट मोवाइल चोरी गर्ने तीन जनालाई विहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ स्थित सैलेन्द्र पण्डितको डेराकोठाबाट गत वैशाख ५ गते मोवाइल तथा नगद चोरी गरी फरार भएका व्यास–५ साँगेका २२ वर्षीय सुनिल थापा रहेको प्रहरी नायब उपरिक्षका मोहनबहादुर खाँणले जानकारी दिए । पक्राउ पर्नेहरु बिहीबार भोर्लेटारचोकबाट पक्राउ गरिएको हो । यस्तै गरि व्यास–२ जनजागृतीमार्गस्थित लक्ष्मी श्रेष्ठको घरकोठाबाट दुई थान मोवाइल चोरी गरी फरार रहेका व्यास–४ बागबजार बस्ने २२ वर्षीय ताइरे भन्ने सौरव दरै र म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने १९ वर्षीय शैलेस परियार पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलार्इृ तनहुँ जिल्ला अदालतबाट दिन ७ र ८ दिन म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको छ ।