तनहुँ म्याग्दे गाउँपालिका वडा नं १ मानुङमा जंगली च्याउ खाँदा चार जना बिरमी परेका छन् । बिरमी पर्नेहरुमा ३३ की रिमा बिक , १३ बर्षय रमित बि क ,२३बर्षय कबिता बि क, र निजको छोरी ४ वर्षय अन्जली बि क रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिए । रिमा र रमितलाई दमौली अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको छ भने कबिता र ४ वर्षय अन्जलीलाई उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाएको प्रहरीले जनाएको छ ।