अपाङ्गता महिला सशक्तीकरण समाज तनहुको आयोजना तथा ब्यास नगरपालिकाको आर्थिक सहयोगमा ५७ जना अपाङ्गता भएका ब्याक्तिहरुलाई उद्यशिलता तथा बिउँ पुजि बितरण कार्यक्रम सम्पन भएको छ।
तारादेबी पौडेलको अध्यक्षता तथा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ,रिसेडका अध्यक्ष पदम बहादुर परियार , अपाङ्गता अधिकारकर्मी मदन पौडेल, सहृदयी मंच तनहुँकि अध्यक्ष साबित्रि सुबेदी, ब्यास १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठ,नेत्रहिन संघका अध्यक्ष चुन बहादुर कुमाल, महिला बालबालिका शाखा प्रमुख राधा आचार्य, स्वास्थ शाखा प्रमुख प्रमोद सोति, कृषि शाखा प्रमुख बिश्वराज बाग्ले, कोसिस नेपालका महेन्द्र आचार्य लगायतका वक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुको जिबनस्तरलाई सुदृढीकरण गरेर उद्यमशिलता तर्फ उन्मुख बाटाेमा कृषिको प्रचुर सम्भावनालाई बजारीकरण गर्न सकियो भने आय आर्जन र स्वास्थ्यमा ठुलो टेवा पुग्ने कुरामा जोड दिएका थिए।
महिला सशक्तीकरण समाज तनहुँकि अध्यक्ष तारा देबि पौडेलले बिगत र बर्तमान समय सम्म आइपुग्दा अपाङ्गताको क्षेत्रमा उदाहरणणिय परिवर्तन भएको सन्दर्भलाई जोडदै हिजो बन्द कोठामा बस्नुपर्ने परिस्थितिमा आज स्वतन्त्र रुपमा पेसा ब्यबसायमा सक्रिय सहभागी भएर आफ्नो खुट्टामा उभिएर जिबनयावन बताउने अबस्थामा अपाङ्गता भएका ब्याक्तिहरु सक्षम रहेको बताइन। ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने सद्भाव र सहयोग सगै तथ्यांकको ब्यवहारिकरणलाइ सामाजिकता सग जोड दिनुभएको थियो। सहभागी ब्यास नगरपालिका मातहतका विभिन्न वडाका अपाङ्गता भएका ब्याक्तिहरुलाइ कृषि सम्बन्धि आधारभुत ज्ञान कृषि शाखा प्रमुख प्रशिक्षक बिश्वराज बाग्ले ले प्रदान गर्नुभएको थियो।
रिसेड अध्यक्ष पदम परियारले सिमित स्रोत साधनले असिमित काम गर्नुपर्ने छ आसातित परिवर्तन हरुमा सफल उद्यमि र उद्यमशिलतामा सानो सहयोगले पनि ठुलो सफलता मिलेको उदाहरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको संचालन महिला सशक्तीकरण समाजकी सचिव सितादेबी कुवर ले गर्नुभएको थियो।