विश्व क्षयरोग दिवसको अवसरमा आज दमौलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिका र जिल्ला स्वास्थ्य कार्यलय तनहुँको आयोजनमा उक्त कार्यक्रम सम्पन भएको थियाे ।

आर्थिक वर्ष २०७९/८० काे तथ्याङ्क अनुसार तनहुँमा १ सय ७४ जना क्षयरोगका बिरामी थपिएकाे जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले जानकारी दिए। जसमा व्यास नगरपालिकामा ४७ , भानु नगरपालिकामा  २१ , म्याग्दे गाउँपालिकामा १४ , शुक्लागण्डकी नगरपालिकामा ३६ , भिमाद नगरपालिकामा ११ , घिरिङ गाउँपालिकामा १०, ऋषिङ गाउँपालिकामा २, देवघाट गाउँपालिकामा  ९ , बन्दिपुर गाउँपालिकामा  ११ र आँबुखैरेनी गाउँपालिकामा १४ जना क्षयरोगका बिरामी देखिएका छन्। तनहुँमा आर्थिक वर्ष २०७९/८० मा क्षयरोगका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय तनहुँका सुपरभाइजर सुदिप कडेलले जनाकारी दिए । जसमध्य व्यास नगरपालिकामा मात्रै ४ जनाको मृत्यु भएको उनले बताए । गत आर्थिक वर्ष तनहुँमा ३ सय १२ क्षयरोगका बिरामी फेला परेको कडेलले बताए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्षयरोगको औषधी निःशुल्क पाउने भएता पनि आम मानिसले क्षयरोगबारे खुलेर नभन्ने गरेकोले क्षयरोगको सङक्रमीत बढेको बताए । पत्रकार महासंघका उपध्यक्ष डि पि अधिकारीले क्षयरोगबारे हरेक नगर,वडा र टोलमा जनचेतनाको कमी भएको हुदा चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएका थिए ।