सहृदयी मन्च तनहुँ नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ मन्त्रालय गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि वास्नादार बटारे धूप बनाउने तालिम संम्पन्न भएको छ । २०७९ फागुन २५ गतेदेखि २८ गतेसम्म सन्चालन भएको तालिमको समापन व्यास नगर पालिकाको उप प्रमुख इन्दिरा दरैले गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दरैले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा व्यास नगरपालिकाले सीपमूलक तालिमहरुको सञ्चालनको लागि पहल गर्ने बताउनु भयो । उक्त कार्यक्रममा अपांगता अधिकारकर्मी मदन पौडेल, तनहुँ बहिरा संघका अध्यक्ष राजन रानाभाट, अपांगता महिला सशक्तिकरण समाज तनहुँका सचिव सीता देवी कँुवर, तनहुँ नेत्रहीन सघका कोषाध्यक्ष तारा कुमारी पोख्रेल, रिसेडका कोषाध्यक्ष शोभा लम्साल र बन्दिपूर अपांगता समन्वय समितिका सदस्य एवम् सहृदयी मन्च तनहुँ नेपालका सल्लाहकार कृष्ण बहादुर थापाको उपस्थितिरहेको थियो । तालिमका सहभागी उर्मिला आचार्य र निर्मला घिमिरे अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणमा यो तालिम पश्चात बौद्धिक अपांगता भएका व्यक्तिहरु संगठित
भई उत्पादन भएको धूपको बजारीकरण गर्न सफल हुनेछन् भन्ने बताउनु भयो । उक्त तालिम समापन कार्यक्रमको अध्यक्षता सहृदयी मन्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले गर्नु भएको थियो भने स्वागत सहृदयी मन्च तनहुँ नेपालका कोषाध्यक्ष कल्पना भण्डारी, धन्यवाद सहृदयी मन्च तनहुँ नेपालका उपाध्यक्ष निर्मला श्रेष्ठ र सञ्चालन सचिव कृष्ण थापाले गर्नु भएको थियो ।