बन्दिपुर गाउँपालिकाबासीले आफ्नै घर दैलोमा सामाजिक सुरक्षा भत्ता पाउन थालेका छन् । ज्येष्ठ नागरिक, असक्त तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता लिन असहज भएपछि गाउँपालिकाले घरदैलोमा नै पुगेर सुरक्षा भत्ता वितरण गरेको हो ।
बुधबार वडा नं १ का ज्येष्ठ नागरिक, असक्त, अपाङ्गता तथा बिरामी भई हिडडुल गर्न नसक्ने २२ जना मध्य ७ जना लाइ सामाजिक सुरक्षा भत्ता घरमा नै गई वितरण गरिएको छ । अन्यले भने आफन्तको सहयोगमा वडा कार्यलयबाट सिफारिस लिएर सामाजिक सुरक्षा भत्ता बुझेका छन् ।
चुनावमा असक्त अपाङ्ग लाई घरमै गएर भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएको र अहिले प्रतिवद्धता पुरा गर्न पाउँदा खुशी लागेको वडा नं. १ का अध्यक्ष शिव कुमार श्रेष्ठले बताए । पहिले भत्ता पाउने समयमा बिहानैदेखि लामो लाईन लागेर दिनभरि पर्खनु पथ्र्यो, कसैले त पालो नै नपाएर फकुर्न पथ्र्यो र फेरि अर्को दिनभरि लाईन लागेर बल्ल पाउने गर्थे ।
गर्र्मी याममा प्रचण्ड गर्मी र चिसो याममा जिउ कमाउने चिसोले धेरै जसो उमेर पुगेका मान्छेहरु बेहोस हुने वा चक्कर आएर लड्न पुग्थे । अब आफ्नै घरदैलोमा भत्ता पाउने भएपछि उनीहरुको अनुहारमा खुशी देखिएको छ ।
अर्को पटक ज्येष्ठ नागरिक, असक्त, अपाङ्गता तथा बिरामी भई हिडडुल गर्न नसक्ने सबैको सुची तयार गरी भत्ता समयमै घर घरमा उपलव्ध गराउने समेत वडाध्यक्ष श्रेष्ठले बताए ।
भत्ता बितरणमा वडा नं १ का अध्यक्ष शिव कुमार श्रेष्ठ, वडा सदस्य रोशनी बराकोटी राउत, मुक्तिनाथ विकास बैंक लिमिटेड डुम्रेका शाखा प्रमुख ईश्वर सापकोटा र बैकका अप्रेशन ईन्चार्ज सन्देश पौडेल सहितको टोलीले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।