तनहुँ । जिल्लाको आँबुखैरेनी अष्पतालमा आँखासम्बन्धी उपचार हुने भएको छ । लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल र आँबुखैरेनी गाउपालिकाको कार्यलयले सयुक्त रुपमा आबुखैरेनी अस्पतालमा नै आँखा उपचार केन्द्र सन्चालन गर्ने भएको हो ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा गाउँपालिका बाट भरतपुर आँखा अस्पतालमा पुगेको टिम र लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल बिच दुई पक्षिय सम्झौता भएको छ ।