खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँले खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको चौथो दिन बजार अनुगमन गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका र भीमाद नगरपालिका भित्र रहेका प्रशोधित पिउने पानी तथा स्न्याक्स उद्योगको अनुगमन गरेको हो । तालुक कार्यालयबाट आउनुभएका खाद्य अनुसन्धान अधिकृत तथा खाद्य निरीक्षण अधिकारीसहितको संयुक्त टोलीले बजारको अनुगमन तथा निरीक्षण गरेको तनहुँका कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवसरमा दुलेगौंडा बजारमा खाद्यसँग सरोकार राख्ने सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।