म्याग्दे गाँउपालिका वडा नं ४ मा निर्वाणाधिन दश शैयाको आधारभुत अस्पतालको भवन निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । २०७८ जेठ २ गते ऋषि शक्ति÷होम निर्माण जेभी कम्पनिले निर्माणको सम्झौता गरेर काम शुरु गरेको अस्पतालको भवनको ५० प्रतिशत काम सम्पन्न भएको हो । साढे २ तला निर्माण हुने अस्पतालको २०८० जेठ १० गते सम्पन्न हुनुपर्ने सम्झौतामा रहेको छ । कुल लागत १० करोड ५० लाख ४२ हजार २ सय पचहत्तर रुपैया रहेको आधारभुत अस्पतालको ऋषि शक्ति÷होम निर्माण जेभी कम्पनिले ७ करोड ३४ लाख ५० हजार १ सय छयानव्वेमा निर्माणको लागी सम्झौता गरेको म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा मेडिकल अफिसर १ जना, नसिङ्ग अधिकृत १ जना, स्टाफ नर्स ४ जना, एच ए ४ जना, फार्मेसी २ जना गरि कुल २३ जना दरवन्दी रहने उक्त १० शैयाको आधारभुत अस्पताल वनेपछि म्याग्दे वासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो । मानव जीवनको सवैभन्दा महत्वपुर्ण पक्ष भनेको स्वास्थ्य हो । स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको शुरुवात सँगै जटिल प्रकारको सेवा समेत प्राप्त हुने वताए । भवन निर्माण भएपछि म्याग्दे गाँउपालिका सम्पुर्ण रुपले सवल वन्ने र त्यसले पालिकालाई नै सक्षम वनाउन भुमिका खेल्ने वताए ।