व्यास नगरपालिका वडा नं ५, वरवोटे निवासी ५० वर्षिय मधुमाया श्रेष्ठलाई क्यान्सर भएको छ । केही महिना अघिदेखी शरिरमा विभिन्न समस्या देखिएपछि उपचारका लागी मनिपाल हस्पिटल पोखरामा उपचार गराएका श्रेष्ठलाई चितवन अस्पतालले क्यान्सर भएको पुष्टि गरेको हो ।
फोक्सो र मेरुदण्डको हड्डीमा क्यान्सर देखिएको निज श्रेष्ठको हाल भारतको पंजाव स्थित ओशोवाल क्यानसर हस्पिटलमा उपचार भईरहेको छ ।
चितवन अस्पतालमा निजको उपचार सम्भव नभएपछि भारतको पंजाव स्थित ओशोवाल क्यान्सर हस्पिटलमा थप उपचारको लागी लगिएको निजको श्रीमान मानकाजी श्रेष्ठले वताए ।
चौथो स्टेजको क्यान्सर लागेको श्रेष्ठको उपचारका लागी धेरै ठुलो आर्थिक खर्च भईसकेको हुदाँ थप उपचार र श्रीमती श्रेष्ठको जीवनरक्षाको लागी सवैलाई सहयोग गरिदिनुहुन निजका श्रीमान् मानकाजी श्रेष्ठले आग्रह गरे ।
२ सन्तानका आमा श्रेष्ठको उपचारका लागी महंगो औषधी खरिद गर्नुपर्ने, भएको रकम उपचारमा सकिसकेको र अवका दिनमा लाग्ने खर्च कसरी जुटाउने भन्नेमा पीर लागेको श्रेष्ठले वताए ।
यसैवीच निज श्रेष्ठको जीवन रक्षाका लागी व्यास–५, भुपुटोल निवासी स्थानीय वासिन्दाहरुवाट ४२ हजार ५ सय पचहत्तर, पतेनीटार नेवा समाजवाट ११ हजार दुई सय पैतालिस, वरवोटे नेवा गुठीवाट ५ हजार, वरवोटे टोल विकास संस्थावाट ६० हजार नौ सय तीस रुपैया आर्थिक सहयोग गरेका छन् ।