तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा आइतबार टिप्परले ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका–३३ बागमारा निवासी ६० बर्षीय टिकादेबी चापागाईको मृत्यु भएको हो । घाईते भएकी चापागाईको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ग १९ प ५६५९ नंम्बरको स्कुटरलाई कोत्रेबाट दुलेगौडा तर्फ आउदै गरेको ग २ क ६२१९ नम्बरको टिप्परले ठक्कर दिदाँ स्कुटर सवार सोही स्थान निवासी ३३ बर्षीय लिलादेवी नेपाली घाइते भएकी छन् । टिप्पर चालक जिल्ला अर्घाखाँची सन्धीखर्क नगरपालिका–१ निवासी ४१ बर्षीय तिलक श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।