छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको वडा नं ४ मा रहेको कोलडाँडामा स्वास्थ्य ईकाईको स्थापना गरिएको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्वास्थ्य ईकाईको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा पालिका उपाध्यक्ष वालकृष्ण घिमिरे, कार्यपालिका सदस्य वद्रिका घिमिरे, जिल्ला समन्वय समितीका सदस्य डोल वहादुर सुनार लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । म्याग्दे ४ मा रहेको जन्मभूमि र चण्डीदेवी आमा समुहद्धारा निर्मित भवन छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईलाई हस्तान्तरण गरिएको हो । चण्डीदेवी आमा समुहको अध्यक्ष शान्तिमाया थापाले यस भेगमा स्वास्थ्य सेवाका लागी आम जनतालाई सहज होस भनि भवन नै स्वास्थ्य ईकाईलाई दिईएको वताए । स्वास्थ्य ईकाईवाट ओपीडी सेवा, गर्भवती जाँच, प्रसुती जाँच, औषधी वितरण, समान्य घाउ चिरफार हुने आधारभुत अस्पता थर्पुका प्रमुख सुर्य कुमार श्रेष्ठले वताए ।
कार्यक्रममको उद्घाटन गर्ने प्रमुख अतिथी श्रेष्ठले स्वास्थ्य ईकाईको स्थापनाले यस भेगका वासिन्दालाई ठुलो राहत पुग्ने वताए । डडुवा, कोलडाँडा, पाण्डेथोक, पीपलथोक घना वस्ती भएको हुदाँ यस स्वास्थ्य चौकीले आम जनताको स्वास्थ्यमा धेरै राहत हुने वताए । पालिकाले ३७ प्रकारको औषधी निशुल्क दिन्छ, तर हामी सरकारी अस्पताको विश्वास नगरि निजि मेडिकलमा गएर उपचार गर्दछौ, जसले गर्दा ठुलो आर्थिक भार परेको छ । पालिका जनताको स्वास्थ्यमा संवेदनशी हुने तर जनताले विश्वास नगर्दा दुख लागेको अध्यक्ष श्रेष्ठले वताए । स्वास्थ्य जस्तो विषयमा हामी सवै सचेत हुनुपर्ने हुदाँ त्यसका लागी स्थानिय उत्पादित वस्तको प्रयोग र उत्पादनमा जोड दिनुपर्ने वताए । त्यसैगरि विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सरकारले जनताको स्वास्थ्यमा धेरै लगानी गरेको तर जनताले त्यसलाई वेवास्ता गरेको वताए । पहिलो वर्ष पालिका भर जम्मा १५ जना स्वास्थ्कर्मी थियो । हामी पालिकाले जनताको आवश्यकतालाई मध्यनजर गरेर हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेर ३३ जना स्वास्थ्कर्मी राखेका छौ, त्यो जनताप्रतिको पालिकाको उत्तरदायित्व भएको वताए ।