शनिबार तनहुँमा स्कुटर र बस ठोकिदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका १३ समजुर निवासी ३२ बर्षीय शेख महमद रखिम मियाको बसको ठक्करबाट मृत्यु भएको हो । मियाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाकारी दिएका छन् । पोखराबाट काठमाडौं तर्फ जादै गरेको प्र नं ३–०१–००६ ख ०९२४ नंम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग १३ प ३५५४ नं को स्कुटर एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नंम्बर ४ बस्ने बर्ष ३३ को चुक्त बहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।