व्यास नगरपालिकाले आर्थिक बर्ष ०७९÷०८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरबासीको जिज्ञासालाई सहजीकरण गदै ७० वर्ष काटेका ज्येष्ठ नागरिक र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको बताएका थिए । प्रत्यक बर्षमा फोहोर व्यस्थापनका लागि शुल्का लिने गरेको गुनासोलाई वातावरण शाखाका प्रमुख कृष्ण घिमिरेले फोहोर व्यस्थापनका लागि कुनै पनि शुल्का नलिएको र महिनामा दुई पटक फोहोर संकलन गर्ने गरेको बताएका थिए । त्यस्तैगरि प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने काम भइरहेको बताएका थिए । कार्यक्रममा व्यासका इन्जिनियर डा।राजु पौडेल ,शिक्षा शाखा प्रमुख नविन पराजुली,लेखा शाखाका प्रमुख हेमन्त गुरुङ्ग , स्वाथ्य शाखाका प्रमुख प्रमोद शोती लगायकाले नगरबासीको जिज्ञासा सहजीकरण गरेका थिए ।