आजबाट व्यास नगरपालिकाको एकीकृत घुम्ति सेवा शिविर संचालन भएको छ । वडा नं १ को कार्यालयबाट सञ्चालनमा ल्याइएको शिविर नगरपालिकाको वडा नं १ र ५ देखी १४ सम्मका वडाहरुमा संचालन हुने भएको हो। उक्त शिविर पौड २० गतेसम्म चल्ने नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिकाबाट सम्पादन हुने विविध कार्यहरु शिविर मार्फत वडाबाटै सम्पादन हुने व्यवस्था मिलाइएको छ । शिविरमा योजना शाखाबाट योजना सम्झौता,किस्ता सिफारिस गरिने छ भने कृषि उपशाखाबाट बालीहरुमा देखापर्ने रोगको जैविक बिषदी बितरण,तरकारीका उन्नत बीउ बितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ ।
त्यसैगरी,स्वास्थ्य तथा जनसंख्या शाखाबाट बिशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण,पाठेघरको मुख र स्तान क्यान्सर परीक्षण,एचआइभी,टिबि,औलो रोग,मधुमेह,उच्च रक्तचाप परीक्षण हुने व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिएका छन् । कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधी बितरण, स्वास्थ्य समस्याहरुको परामर्श सेवा र दुईबर्ष मूनिका बालबालिकाहरुको बृद्धि अनुगमन र पोषण सम्बन्धि सेवा प्रदान गरिनेछ ।