ब्यास ५ स्थित सिन्धु आधारभूत बिधालयका विद्यार्थीलाई क्रिसम पर्बको अबसर पारेर बन्दिपुर निवासी बिना अच्छामिले रिसेड तनहुँ र अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँको समन्वयमा १५ जना बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरिएको छ। कार्यक्रममा ब्यास ५ का वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठले बर्तमान समयमा मानिस मानिसिक रुपमा अपाङ्ग भैसकेको स्व धर्म र मुलकर्म मानबियताको आत्मियता नै आजको दिनको सार्थकता भएको बताए । बिधालयलार्इ सहयोग गर्ने वडा अगाडी रहेको बताएका थिए। बिधालयका प्र अ मदन बाग्लेले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै बिधालयले बौद्धिक रुपमा अपाङ्गता भएका बिद्यार्थीहरुलाइ शिक्षा ,आवास, भोजन,स्वास्थ्य जस्ता बिसयमा संचालित अभियानहरु बिगत देखि बर्तमान सम्म सराहनीय रहेको बताउनुभयो।अपाङ्गता महिला सशक्तीकरण समाज तनहुकी सीता देबि कुबरले बिधालयको बर्तमान समयको भौतिक संरचना अपाङ्ग मैत्री निर्माण प्रक्रियामा देखिएका चुनौतीलाई प्रकाश पार्दै भबिस्यप्रतिको सहजतालाइ संबंधित निकायले बिकासात्मक दृस्टीले हेरिनुपर्ने बताए । रिसेडकी सदस्य तारा देबि पोख्रेलले बाघभञ्ज्याङ् दमौली स्थित रहेको दृस्टीबिहिन विद्यार्थीलाई शिक्षक रुपमा शिक्षण गराउदा आउने चुनौती माथी प्रकाश् पारेकी थिईन्। कार्यक्रम संचालन रिसेडका उपाध्यक्ष ईश्वर बास्तोलाले गरेका थिए।