व्यास नगरपालिका–२ स्थित लोकप्रिय स्वास्थ्य क्लिनिकको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा सुगर, थाइराइड र हार्मोनरोग संम्बन्धि शनिबार आयोजित शिविरमा तीन सय ४१ जना सेवाग्राहीले सेवा लिएका छन् । जिल्लाको विभिन्न क्षेत्रबाट आएका सुगर तथा थाइराइड हर्मोन संम्बन्धिका बिरामीले निःशुल्क सुविधा लिएका हुन् । 
उक्त शिबिरमा सुगर फास्टीङ,सुगर पीपी र थाइराइड इष्टिमुलेटिङ हार्मोनको निःशुल्क रक्त परिक्षणका साथै बरिष्ठ सुगर थाइराइड हर्मोन विशेषज्ञ डा.उमानाथ अधिकारीले उक्त रोगका बारेमा सचेतना गराउनुभएको थियो ।


उक्त कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठ,बिशिष्ट अतिथी व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने, अतिथी नेकपा एमाले जिल्ला अध्यक्ष हरिराज कडेल,युआरएल अध्यक्ष ठाकुर प्रसाद पन्त,हाडजोर्नि नशारोग विशेषज्ञ डा.अर्जुन पन्त,जिल्ला समन्वय समिति निवर्तमान उपाध्यक्ष पबित्रा पौडेल,महिला उद्यमी सघ जिल्ला अध्यक्ष निर्मला मल्ल,इनरव्हील अध्यक्ष नारायणी मल्ल,लगायतका वक्ताहरुले लोकप्रिय स्वास्थ्य क्लिनिकले प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोप्रति प्रशसा गरेका थिए । 
कार्यक्रमको सन्चालन यूआरएल का प्रबन्ध निर्देशक गणेश कोइरालाले संचालन र लोकप्रिय क्लिनिकका संचालक राजु दाहालले उपस्थित सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।