तनहुँ सुनचाँदी व्यवसायी संघद्धारा क्यान्सर पिडित कृष्ण वि क लाई सहयोग गरिएको छ । विहिबार संघका अध्यक्ष हरि गहतराजको नेतृत्वमा उनलाई सहयोग गरिएको हो ।
व्यास १ निवासी कृष्ण वि क लाई संघले रु छतिस हजार दुई सय पैंतालीस रुपयाँ रकम सहयोग गरिएको संघका अध्यक्ष हरि गहतराजले बताउनुभयो । निजको श्रीमती दुर्गा वि क लाई कृष्णको थप उपचारको लागि केही राहात होस् भनि रकम सहयोग गरेकाे उहाँले बताउनुभयाे।
उक्त कार्यक्रममा संघका उपाध्यक्ष पदम सुनार,महासचिव पूर्ण बहादुर वि क,प्रवक्त दिपकराज वि क,सल्लाकार सुकराम रहपाल,सदस्य समर गहतराज,सूर्य बहादुर वि क लगाएले वि क को स्वास्थ्य सुधारको अपेक्षा गरेको र अगामी दिनमा थप सहयोग गर्ने बताउनुभएको थियो ।