तनहुँको व्यास नगरपालिकामा बजार अनुगमन समितिले बजार अनुगमनलाई तिव्रता दिन थालेको छ। बजार अनुगमन समितिका संयोजक व्यास नपाको उप प्रमुख इन्दिरा दरै र खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि सन्तोष थापा मगर र पर्यटन तथा उद्योग कार्यलय तनहुँका प्रमुख दुर्गा राज सुवेदी, वडा नं २ का जनप्रतिनिधि सुरेश वाग्ले, नगर प्रहरी प्रमुख आसिस परियार, पत्रकार लगाएतको उपस्थितिमा शुक्रबार व्यास २ र ४ का केही स्थानमा बजार अनुगमन गरिएको थियो ।


उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई तिव्रता दिएको व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले जनाकारी दिनुभयो ।
बजार अनुगमनको क्रममा होटलबाट म्याद सकिएका कोक ,फेन्टा ,पेप्सी, लगाएत पिय प्रदार्थ बरामत गरि नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यलय तनहुँका प्रमुख दुर्गा राज सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै होटेल व्यवासायीलाई किचन सफा गर्न , रङ प्रयोग नगर्न , खाद्य र अखाद्य समाग्री छुटछुटै राख्न , फ्रिज सफा राख्न सचेत गराईएको खाद्ध कार्यलय तनहुँका सुचना अधिकारी सन्तोष थापाले जानकारी दिनुभयो ।


साथै खाद्य तर्फ सोडा ६५ वटा, आटा, करेन्ट चिजबल,चकलेट जस्ताको म्याद सकिएका सामाग्री जफत गरि नष्ट गरिएको उहाले बताउनुभयो ।
उक्त अनुगमनमा व्यास ४ स्थित न्यु हाटेल माफाली ,स स इन होटल,टिका तास रेष्टुरेष्ट,न्यु थकाली भन्सा घर,शर्मिला आमा थकाली भान्सा घर,हरि मिठान्न भण्डार,व्यास २ को एपेक्स हस्पिटालिटी,साझा मार्ट,निगम जनरल स्टोर्स लगाएतमा गरिएको थियो ।

