तनहुँमा क्षयरोगका बिरामीको सङ्ख्या बढदै गएको छ । सोमबार विश्व क्षयरोग दिवसमा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यकममा क्षयरोगका बिरामीको सङ्ख्या बढदै गएको जनाकारी गराईएको हो ।

चालु आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा १ सय ७९ जनालाई क्षयरोग सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ल्याब टेक्निसियन दीपक श्रेष्ठले जनाकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको चैत सम्ममा १५ जनाको मृत्यु भईसकेको छ । क्षयरोगबाट महिला भन्दा बढी पुरुष सङ्क्रमण भएको तथ्यङ्गकले जनाएको छ । जसमा महिला ५४ जना र पुरुष १ सय १८ जना रहेका छन् ।

त्यस्तै जिल्लाका दश पालिकामध्ये सबैभन्दा धेरै व्यास नगरपालिकामा क्षयरोगका बिरामी फेला परेका छन् ।व्यास नगरपालिकामा ५३, म्याग्दे गाँउपालिकामा ११ , शुक्लागण्डकी नगरपालिकामा २३, भिमाद नगरपालिकामा ६, ऋषिङ गाउँपालिकामा ७,घिरिङ गाउँपालिकामा १४,बन्दीपुर गाउँपालिकामा१९, भानु नगरपालिकामा ११,आँबुखैरेनी गाउँपालिकामा २० र देवघाट गाउँपालिकामा १५ जना क्षयरोगका बिरामी फेला परेका श्रेष्ठले जनाकारी दिनुभयो । ।गत वर्ष तीन सय २६ जनामा क्षयरोगबाट सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।

समयमै रोग पत्ता लागेर नियमित औषधी सेवान गरेमा क्षयरोग निको हुने कार्यलयले जनाएको छ । सन् २०३० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारको लक्ष्य रहेको छ ।