तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित संघीय सरकार मातहत रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झण्डै ७ बर्षदेखि  निमित्तको भरमा संचालन हुदै आएको छ । शुक्लागण्डकी नगरपालिका बेलचौतारमा रहेको सरकारी अस्पताल लामो समयदेखि निमित्तको भरमा चल्दै आएको हो । यही आउँदो असार २५ गते  डा.रामकुमार श्रेष्ठको ७ बर्ष पुग्दैछ । डा.श्रेष्ठले विसं २०७५ साल असार २५ गतेदेखि निमित्त भएर काम सुरु गरेका थिए । 
गोरखा दरबन्दी भएका डा.श्रेष्ठ काजमा जीपी अस्पतालको निमित्त रहेर यति लामो समयदेखि काम गर्दै आउनुभएको हो ।  बिचारणीय कुरा के छ भने एकै स्थानमा यति लामो समयदेखि निमित्तको भरमा कार्य संचालन हुदै आएको कार्यप्रति मन्त्रालयका अधिकारी नै बेखबर छन् । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक एवं सूचना अधिकारी डा.भक्तबहादुर केसीले अनभिज्ञता प्रकट गर्दै सूचना अधिकारीको काम सुचना दिने र पुराउने हो त्यो भन्दा बढी मन्त्रालयको आधिकारिक धारणा र आफुले निर्णय गर्ने क्षमता नभएको बताउनुभयो । नेपाल सरकारको मन्त्रिपरिषद क्याविनेटले ४ बर्षे अवधि तोकेर बरिष्ठ चिकित्सक कार्यकारी निर्देशक हुने व्यवस्था रहेको छ । मन्त्रिपरिषदबाट समिति अध्यक्षका लागि र सदस्यका लागि मन्त्रिले नियुक्त गर्ने प्रावधान रहेको छ । कार्यकारी निर्देशकले अर्थमन्त्रालयले तोके अनुरुपको सेवा सुविधा पाउन प्रावधान समेत रहेको छ । तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पालामा काजमा निमित्त भएर आउनुभएका डा.श्रेष्ठले स्वास्थ्यमन्त्री यादवलाई चित्त बुझाएर आएका कारण अहिलेसम्म टिक्न सकेको टिकाटिप्पणी पनि हुन थालेको छ ।  निमित्तको भरमा जीपी श्वासप्रश्वास उपचार केन्द्र संचालन हुदै गर्दा मनपरीतन्त्र बढेको छ,आफु कर्मचारीको भर्तीकेन्द्र बनाइएको आरोप लाग्ने गरेको छ । यस बिषयमा डा श्रेष्ठले कार्यालयका लागि आवश्यक जनशक्ति पूर्ति गरेको प्रतिक्रिया दिनुभएको छ । 
तनहुँ जन्मघर भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भएपनि यो अस्पतालले कार्यकारी निर्देशक पाउन नसक्नु लज्जास्पद कुरा हो । नेपाली राजनीतिका शिखर  पुरुष एवं पूर्व प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले नेपाली जनता र राष्ट्रका लागि पुर्‍याउनुभएको महत्वपूर्ण योगदानलाई राज्यले उच्च मूल्याङ्कन र सम्मान गर्दै उहाँको स्मृतमिा जीपी  कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको स्थापना गरेको हो । 
स्व गिरिजाप्रसाद कोइरालाको २०६६ चैत ७ गतेका दिन श्वासप्रश्वास सम्बन्धी रोगले निधभएपछि तत्कालीन  सरकारले जीपी कोइराला राष्ट्रयि श्वासप्रश्वास उपचार केन्द्रको स्थापना गर्ने निर्ण गरेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले झण्डै सात बर्षदेखि निमित्तको भरमा संचालन हुदै आएकोप्रति आश्चर्य व्यक्त गर्नुभयो । मन्त्रालयले जनशक्तिको अभाव नभएको जनाएको छ । मन्त्रालयले कति बर्ष अवधिको लागि तोकेर दिएको हो त्यस  बिषयको परिपत्र हेरेर प्रक्रिया अघि बढाइने बताउनुभयो ।