तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा श्रीमतीले ढुंगा प्रहरी गरी श्रीमान्को हत्या गरेकी छिन् ।श्रीमान् ४० बर्षीय मनबहादुर नेपालीको मादक पदार्थ सेवन गरी घरायसी कुरामा बिवाद हुँदा श्रीमति शुसीला बिकले ढुंगा प्रहार गरेकी हुन् । घाइते भएका मनबहादुरर्को उपचारको क्रममा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतरा मुत्यु भएको प्रहरीले जनाएको छ । घट्नामा संलग्न श्रीमती शुसीला बिकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।