तनहुँको ऋषिङ गाउँपालका स्थित भिरकोट स्वास्थ्य चौकीमा वृहत निःशुल्क आखा, नाक, कान, घाँटी दन्त शिविर सुरु भएको छ । ऋषिङ गाउँपालका वडा नं ४ को व्यवस्थापनमा र वी पि नेत्र प्रतिष्ठानको प्रविधिक सहयोगमा सो शिविर सुरु भएको हो । सो शिवरको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले सोमबार उदघाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै श्रेष्ठले निःशुल्क शिविरमा सम्पुर्ण गाँउवासीलाई सेवा लिन आग्रह गर्नुभएको छ । उक्त शिविर फागुन ७ गते सम्म संञ्चालन हुनेछ । कार्यक्रममा गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई,विभिन्न शाखाका प्रतिनिधि ,वडा अध्यक्ष, वडा सदस्य ,वी पि नेत्र प्रतिष्ठानका प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।