तनहुँको बन्दिपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही वडामा कार्यरत वडा सचिव नवीन भुसालमाथि कुटपिट गरी घाइते बनाएपछि उनी पक्रा;उ परेका हुन् । इलाका प्रहरी कार्यालय बन्दीपुरले वडाध्यक्ष गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बन्दीपुर गाउँपालिकाले लिखित रुपमा कानुनी कारबाहीका लागि परिपत्र गरेपछि कारवाहीका लागि पक्रा;उ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा इस्टिमेट भन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्रमण गरेका हुन् । वडाध्यक्ष गुरूङको प्रहारबाट घाइते वडा सचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ । घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

कर्मचारी संघ संगठनद्वारा प्रेस विज्ञप्ती जारी

तनहुँको बन्दिपुर गाउँपालिका–६ का वडासचिव नवीन भुषालमाथि वडाध्यक्ष बलबहादुर गुरुङले कुट;पीट गरेको घटनाप्रति कर्मचारी संघ संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै जिल्लामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनकर्मीले अमानवीय कार्यको घोरभत्र्सना गरेको हो । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भगवान त्रिपाठी,नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष नारायण प्रसाद अधिकारी,राष्ट्रिय कर्मचारी संगठन (निजामती)का अध्यक्ष तीर्थ थापा र आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गरेका हुन् । घट्नाको सत्यतथ्य छानबीन गरी दोषीमाथि कानुन बमोृजिम कडा कारवाहीको जोडदार माग गरेको छ । 
लाई प्रहरीले नियन्त्र;णमा लिएको छ । सोही वडामा कार्यरत वडा सचिव नवीन भुसालमाथि कुटपिट गरी घाइ;ते बनाएपछि उनी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बन्दीपुरले वडाध्यक्ष गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बन्दीपुर गाउँपालिकाले लिखित रुपमा कानुनी कारबाहीका लागि परिपत्र गरेपछि कारवाहीका लागि पक्रा;उ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा इस्टिमेट भन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्रमण गरेका हुन् । वडाध्यक्ष गुरूङको प्रहारबाट घाइ;ते वडा सचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ ।  घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।