जिल्लाको भिमाद नगरपालिका स्थित प्रभात एकेडेमी बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थीलाई तातो पन्यूले डाम्ने शिक्षक सुष्मा श्रेष्ठलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।कक्षा कोठामा होहल्ला गरेको भन्दै कक्षा ४ मा अध्यनरत १० बर्षीय प्रमिस परियारसहित चार जना विद्यार्थीलाई शिक्षका श्रेष्ठले पन्यूले डामेर घाइते बनाएकी थिइन् ।
पन्यूको डामबाट एक बालकको गालामा बढी कालो दाग र तीन जना बालकको गालामा सामान्य चोट रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ ।
शिक्षक श्रेष्ठले आफ्नो गल्ती प्रहरी समक्ष स्वीकार गरेकी छिन् । घट्ना मंङगलबारको हो । कक्षा कोठामा होहल्ला गरेपछि आफुले कारवाही स्वरुप उक्त कार्य गरेको शिक्षिकाको भनाईलाई उदृत गर्दै प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
शिक्षकलाई इलाका प्रहरी कार्यालय भीमादले नियन्त्रणमा लिएर अनुसन्धानका कार्य भैरहेको जनाएको छ । आफनो छोरासहित चार जनालाई शिक्षक श्रेष्ठले पन्यू तताएर डामेर घाइते बनाएकी बालक प्रमिसकी आमा विष्णु परियारले जानकारी दिनुभयो ।
शिक्षक श्रेष्ठले अमानवीय कार्य गरेकी छन्,उहाँले भन्नुभयो “अहिले बच्चाहरु पोल्यो भनेर छटपटिने गरेकाले अहिले नदुख्ने औषधी खुवाउने तथा मलम लगाएर राखिएको छ ।”
प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठले घट्ना भएको स्वीकार गर्नुभएको छ । मेरो आफ्नै छोरी हुन्,उहाँले भन्नुभयो “घट्ना अप्रत्यासित रुपमा हुन पुग्यो,गर्न नहुने काम गरिन् ।”
घाइते बालकका परिवारसंग उपचारको लागि पनि पहलकदमी भइरहेको उहाँले बताउनुभयो ।
