भानु नगरपालिकामा आगामी फागुन १ र २ गते निःशुल्क पशु स्वास्थ्य शिविर हुने भएको छ । भानु नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको वार्षिक कार्यक्रम अन्तरगत विज्ञ सहितको निःशुल्क पशु स्वास्थ्य शिविर हुन लागेको हो । पशुपालन गर्ने किसानलाई सहज होस् भन्ने उदेश्यले पायक पर्ने ठाउँमा शिविर संचालन गरिने नगर प्रमुख आनन्दराज त्रिपाठीले जनाकारी दिनुभयो । उहाँका अनुसार फागुन १ गते भानु ११ को पुतली बजार र फागुन २ गते भानु १२ को छहरेमा विहान १० बजे देखि ४ बजे सम्म शिविर संचालन हुनेछ । शिविरमा पशुपंक्षीका लागि विभिन्न रोग सम्बन्धि औषधी वितरण, गोबर परीक्षण सेवा, पशु बन्ध्याकरण सेवा, पशुको गर्भ परीक्षण सेवा, रेविज रोग विरुद्धको खोप सेवा, थुनेलो परीक्षण सेवा र प्रविधिक परामर्श सेवा प्रदान गरिने पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर सुशील ऐरीले जनाकारी दिनुभयो ।
