पृथ्वीराजमार्ग सडक अन्र्तगत जिल्लाको आँबुखैरेनी–१ सत्रसयमा शुक्रबार बस दुर्घटना हुँदा एक जनाको मृत्#यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोक निवासी बर्ष २२ की सुमिना सापकोटाको रहेकाे जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयाे।थापाका अनुसार दमौलीबाट मुग्लिनतर्फ जाँदै बा ५ ख २९९९ नम्बरको बस नियन्त्रण गुमाई सडक छेउको कल्र्भडमा पल्टन जाँदा उक्त दुर्घटना भएको हाे । बस दुर्घटनामा परि जिल्ला कैलाली जोशीपुर गाउँपालिका–२ बस्ने २३ वर्षय लक्ष्मी बनादी,जिल्ला धनगढी बसबरीया–५ निवासी २२ बर्षय अन्जली शाही,जिल्ला तनहुँ म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षय किसान बिक,व्यास–१२ निवासी १९ बर्षय सुनिल बिक,व्यास निवासी बर्ष १३ की आस्था काफ्ले,भानु–१० निवासी ५० बर्षय खेमराज लौडारी,सोही वडा निवासी १७ बर्षय प्रशान्त लौडारी घाइते भएका छन् ।

त्यसैगरी,जिल्ला कास्की पोखरा महानगरपालिका–८ बस्ने २२ बर्षय आयुषा पौडेल,जिल्ला गोरखा सिरानचोक–४ निवासी ५१ बर्षय सुनिल ढकाल,सोही वडा निवासी ४२ बर्षय रामशरण कुँवर,जिल्ला गोरखा शहीद लखन गाउँपालिका–२ निवासी घर भइ हाल बन्दीपुर–१ निवासी ५९ बर्षय उज्वल विक,जिल्ला लमजुङ बेशीशहर–३ निवासी ४१ बर्षय कृष्णबहादुर पाण्डे र आँबुखैरेनी–३ बीच बजार निवासी ४२ बर्षय दमन्ती माया नेपाल घाइते भएका छन् ।
घाइते भएकाहरुको आँबुखैरेनी अस्पताल र चितवन नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।