तनहुँको दमौली अस्पतालमा कार्यरत डाक्टर स्वेता बस्नेत माथि बुधबार हातपातको प्रयास गरिएको छ । व्यास नगरपालिका–१२ निवासी अमर आलेले मादक पदार्थ सेवन गरी बुधबार ५ः ४० बजेको समयमा अस्पताल प्राङ्गणमा हातपातको प्रयास गरेका हुन् ।अस्पतालका प्रमुख डा परिवर्तन बराल र डा भविष्य श्रेष्ठ लगायत २१ जना चिकित्सक एवं स्वास्थ्यकर्मीले हस्ताक्षर गरी संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै घट्नाको घोर भत्र्सना गरेका छन् । अब आउने दिनमा यस्ता घट्ना नदोहोरियोस भनि दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ अनुसार दफा ३ को (च) बमोजिम कारबाहीको माग गरिएको दमौली अस्पताले जनाएको छ । ।
